जेएनयूमा तनाउः छात्रसंघ पदाधिकारीहरू सहित छःजनाविरूद्ध मुद्दा, हिरासतमा लिइएका अन्य विद्यार्थीहरूलाई प्रोफेसरकहाँ सुम्पिइयो
जेएनयूमा तनाउः छात्रसंघ पदाधिकारीहरू सहित छःजनाविरूद्ध मुद्दा, हिरासतमा लिइएका अन्य विद्यार्थीहरूलाई प्रोफेसरकहाँ सुम्पिइयो


नयाँ दिल्ली, 19 अक्टोबर (हि.स.)। जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू)-मा भएको किचलोको सम्बन्धमा पुलिसले छःजना विद्यार्थीहरूमाथि मुद्दा दर्ता गरेको छ। दक्षिण-पश्चिम जिल्लाका पुलिस उपायुक्त अमित गोयलले आइतवार बताए, वसन्त कुञ्ज थाना पुलिसले मुद्दा दर्ता गरी जाँच शुरू गरेको छ।

पुलिस उपायुक्त अनुसार यस मामिलामा पक्रा पर्ने छःजना विद्यार्थीमा जेएनयू छात्रसंघ अध्यक्ष नितेश कुमार (26), उपाध्यक्ष मनीषा (28), महासचिव मुंतहा फातिमा (28), मणिकान्त पटेल (27), प्रीति कर (27 ) र ईस्ट मुम्बई निवासी शौर्य मजुमदार (28)-को रूपमा भएको छ। हिरासतमा लिइएका अन्य विद्यार्थीहरूलाई उनीहरूको प्रोफेसरलाई सु्म्पिइएको छ। घटनाको कारणले परिसरमा फैलिएको तनाउलाई लिएर पुलिसले जाँच गरिरहेको छ।

उल्लेखनीय छ, जवाहरलाल नेहरू विश्वविद्यालयमा गत शनिवार साँझ चुनाु प्रक्रिया अवधि विद्यार्थीहरूले वसन्त कुञ्ज नर्थ थानालाई घेराउ गर्ने आह्वान गरेका थिए। पुलिसले अनुमति नदिए पनि विद्यार्थीहरूले ब्यारिकेडलाई भत्काएर नेल्सन मण्डेला मार्गमा यातायातलाई ठप्प पारेर प्रदर्शन गर्न थाले। यस अवधि विद्यार्थीहरूलाई नियन्त्रण गर्ने क्रममा 6 जना पुलिसकर्मी घाइते भए। पुलिसले मामिलामा कारबाही गर्दै जेएनयूका अध्यक्ष, उपाध्यक्ष एवं महासचिव सहित 28 जना विद्यार्थीहरूलाई हिरासतमा लिएको थियो।

पुलिस अधिकारी अनुसार दिनभरि नै विद्यार्थीहरूको सम्पर्कमा बसेर उनीहरूलाई कानूनी कारबाही गर्ने भरोसा दिलायौं, तर छात्र नेताहरू आफ्ने घेराउको आह्वानलाई फिर्ता लिन तयार भएनन्। साँझ 6 बजेसम्ममा छात्र-छात्राहरू सहित लगभग 70-80 जना मानिसहरू जेएनयूको पश्चिमी गेटमा पुगे। पुलिसले उनीहरूको मार्चलाई रोक्नको लागि नेल्सन मण्डेला मार्गमा ब्यारिकेड लगायो। तर बारम्बार सम्झाउँदा पनि विद्यार्थीहरूले बल पूर्वक ब्यारिकेडलाई भत्काए, पुलिसकर्मीहरूमाथि धक्का-मुक्का गर्न थाले, अभद्र भाषाहरू प्रयोग गर्न थाले। स्थितिलाई नियन्त्रण गर्नको लागि 28 जना विद्यार्थीहरूलाई हिरासतमा लिइयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande