मुख्यमन्त्री रेखा गुप्ताले ग्रीन पटाका नै प्रयोग गर्ने गरिन् आग्रह
मुख्यमन्त्री रेखा गुप्ताले ग्रीन पटाका नै प्रयोग गर्ने गरिन् आग्रह


नयाँ दिल्ली, 19 अक्टोबर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले नरक चतुर्दशी एवं सानो दीपावलीको शुभकामना दिँद प्राणित ग्रीन पटाकाहरू मात्र प्रयोग गर्ने आग्रह गरिन्। उनले भने, वर्षौंपछि दिल्लीमा दीपावलीको उत्सवमा फेरि सम्पूर्ण रंग अनि प्रकाशको साथमा मनाइनेछ।

मुख्यमन्त्रीले आइतवार एक्समा पोस्ट गर्दै भनिन्, यो शुभ पर्वले हाम्रो जीवनबाट अज्ञानता, नकारात्मकता तथा अहंकार रूपी अन्धकारलाई हटाएर सत्य, सद्भाव एवं प्रकाशको दिशामा अग्रसर हुने प्रेरणा दिन्छ।

मुख्यमन्त्रीले भनिन्, दीपहरूको यो पावन ज्योतिले सबैको जीवनमा नयाँ ऊर्जा, उत्साह र अपार खुशी लिएर आओस्। प्रभु श्रीरामसित प्रार्थना छ कि उनले हामी सबैको जीवनमा शान्ति, समृद्धि र मंगल प्रकाशलाई सदैव कायम राखुन्।

दिल्लीका शिक्षा मन्त्री आशिष सूदले नरक चतुर्दशी एवं सानो दीपावलीको हार्दिक शुभकामना दिँदै भने, भगवान श्रीकृष्णले जसरी नरकासुरको विनाश गरे त्यसरी नै तपाईहरूको जीवनबाट पनि सबै दुःखहरूको नाश होस्। उनले एक्स पोस्टमा लेखे, समस्त देशवासीहरूको जीवनमा सुख-समृद्धि र खुशियाली बढ़ोस्, जीवनको हरेक क्षण आनन्दमय होस् यही कामना छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande