चण्डीगढ़, 19 अक्टोबर (हि.स.)। पञ्चकुलामा ट्रक चालकले नाकामा तैनाथ हरियाणा पुलिसका कन्स्टेबललाई कुल्चियो जसमा तिनको घटनास्थलमै मृत्यु भयो। घटनापछि आरोपीले भाग्ने प्रयास गऱ्यो, तर पुलिसले उसलाई केही टाड़ामा पक्राउ गऱ्यो। मृतकको पहिचान जिन्दको पिल्लुखेड़ा निवासी दीपकको रूपमा भएको छ जो वर्ष 2023मा पुलिसमा भर्तीत भएर ट्रेनिंगपछि वर्ष 2024-मा पञ्चकुराको सुर्जनपुर थानामा पोस्टिंग भएका थिए।
दीपकको 2-3 दिन अगाड़ि मात्र क्राइम ब्राञ्चमा ट्रान्सफर भएको थियो, तर ट्राफिक यूनिबाट तिनको रिलीभिंग भएको थिएन। पुलिसबाट प्राप्त जानकारी अनुसार गए शनिवार अबेर राती चण्डीमन्दिर थाना क्षेत्रमा पुलिसद्वारा वाहनहरूको जाँचको लागि नाका लगाइएको थियो। पुलिसले ड्रंक एण्ड ड्राइभलाई लिएर विशेष अभियान संचालन गरिरहेको छ।
एएसआई सोमनाथ र कन्स्टेबल दीपकले वाहनहरूलाई रोकेर जाँच गिररहेका थिए। यसै अवधि एउटा द्रूत गतिको ट्रक आयो। टीमले टर्च बालेर ड्राइभरलाई रोक्ने संकेत गऱ्यो, तर उसले ट्रकलाई रोक्नको सट्टा नाकालाई भत्कायो। ड्राइभरले दीपकलाई कुल्चिँदै ट्क लिएर भाग्यो। ट्रकको मुनि परेको कारमले दीपकको घटनास्थलमै मृत्यु भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा