महोबा, 19 अक्टोबर (हि.स.)। बुन्देलखण्ड सोसाइटी फर रूरल डेभलेपमेन्ट संस्थाले अनौठो पहल गरी दिव्यांगहरूको जीवनलाई झिलीमिली बनाइरहेको छ। दिव्यांगहरूले गाईको गोबरबाट राम दरबार, आकर्षक दीपक, धूप बत्ती एवं अन्य प्रतिमाहरूसँगसँगै सजावटीका सामानहरू निर्माण गरिरहेका छन् जसबाट उनीहरूलाई रोजगार मिल्नको साथै आत्मनिर्भर पनि भइरहेका छन्। साथै भोकल फर लोकल-लाई पनि प्रेरित गरिरहेका छन्। संस्थाद्वारा उनीहरूलाई व्यवसायिक प्रशिक्षण प्रदान गरिँदैछ।
बुन्देलखण्ड सोसाइटी फर रूरल डेभलेपमेन्ट संस्थाका प्रबन्धक आकाश रायले आइतवार बताए, संस्थाको पक्षबाट 20जनाभन्दा अधिक दिव्यांगहरूलाई प्रशिक्षण प्रदान गरिँदैछ जसले माटो र गोबरले मुर्ति लगायत घरेलु सजावटका सामानहरू बनाइरहेका छन्। दियो बनाउनका लागि गौशालाबाट गोबर ल्याइन्छ अनि त्यसमा प्रीमिक्स मिसाइन्छ जुन तितिरे र मैदा काठको पाउडर हो। मुल्तानी माटोलाई मिसाएर घाममा सुकाएर त्यसमा रंग लगाइन्छ। पछि बत्ती लगाएर जैल भरेर दियो प्याकिंग गरिन्छ।
यसरी नै संस्थाकी प्रशिक्षक दीपशिखा आकाश रायले बताइन्, देवेन्द्र प्रजापतिले दिव्यांगहरूलाई दियो र मुर्ति बनाउने प्रशिक्षण दिरहेका छन्। सबै उत्पादहरू इको फ्रेण्डली हुन् जसबाट वातावरण पनि दूषित हुँदैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा