बालेश्वर स्टेशनमा आरपीएफको महत्वपूर्ण कारबाही, 15 किलो गाँजा भेटियो
बालेश्वर स्टेशनमा आरपीएफको महत्वपूर्ण कारबाही, 15 किलो गाँजा भेटियो


बालेश्वर, 19 अक्टोबर (हि. स.)। खड़गपुर रेल मण्डल अन्तर्गत बालेश्वर रेलवे स्टेशनमा रेलवे सुरक्षा बल (आरपीएफ)- को टीमले नियमित जाँच अवधि लगभग 15 किलोग्राम गाँजा जफत गऱ्यो। यो कारबाही आरपीएफ बालेश्वर पोस्ट तथा सीआईबी/खड़गपुरको संयुक्त टीमद्वारा गरिएको हो।

रेलवे अधिकारी अनुसार गए शनिवार प्लेटफर्म नम्बर-2 को खड़गपुर छोरमा नियमित जाँच गर्ने क्रममा आरपीएफ कर्मीहरूलाई एउटा रातो रंगको ब्याग र एउटा हल्का हरियो रंगको एरिस्टोक्रैट सुटकेस संदिग्ध अवस्थामा प्राप्त भयो। जवानहरूले लामो समयसम्म त्यसमाथि नजर राख्यो, तर कोही पनि अगाड़ि आएन।

सन्देह बढ़्दै गएपछि ब्यागहरूको जाँच गरियो जसमा मादक पदार्थ गाँजाको तीव्र गन्ध महसूस भयो। तत्पश्चात एनडीपीएस अधिनियम अन्तर्गत आवश्यक प्रक्रिया शुरू गरियो।

बालेश्वरका अतिरिक्त खण्ड विकास अधिकारी दिनबन्धु किस्कु (ओआरएस) तथा कार्यकारी मेजिस्ट्रेट घटनास्थलमा पुगे अनि उनीहरूको उपस्थितिमा दुव ब्यागलाई खोलियो। जाँच गर्दा 15 किलो गाँजा थियो जसको वजन (ऱ्यापिंग सहित) 19.815 किलो रहेको छ।

जफत गरिएको गाँजालाई घटनास्थलमै सील गरेर जफत गरियो तथा सबै आवश्यक दस्तावेज तयार गरियो जसलाई पछि जीआरपीएस बालेश्वरकहाँ सुम्पिइयो।

पुलिसले अज्ञात व्यक्तिहरू विरूद्ध एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरी जाँच शुरू गरेको छ। जफत गरिएको गाँजाको मूल्य लगभग 1.5 लाख रुपियाँ रहेको बताइँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande