माँ लक्ष्मीको पूजा औंसीमा प्रदोष काल अवधि स्थिर लग्नमा गर्नु सर्वोत्तम हुनेछः पण्डित कैलाश मुरारी
माँ लक्ष्मीको पूजा औंसीमा प्रदोष काल अवधि स्थिर लग्नमा गर्नु सर्वोत्तम हुनेछः पण्डित कैलाश मुरारी


मुरादाबाद, 19 अक्टोबर (हि.स.)। सत्य श्री शिव एवं शनि मन्दिर आवास विकासका मुख्य पुरोहित पण्डित कैलाश मुरारीले बताए, दीपावलीमा महालक्ष्मीको पूजा गर्नुको विशेष महत्व छ। दीपावलीमा धन र सुख-समृद्धिकी देवी माता लक्ष्मीको पूजासँँगसँगै भगवान गणेश, कुबेर देवता तथा ज्ञानकी देवी माँ सरस्वतीको पूजा गर्ने विधि छ। दीपावलीमा लक्ष्मीको पूजा औंसी तिथिमा प्रदोश काल अवधि स्थिर लग्नमा गर्नु सर्वोत्तम मानिन्छ।

आगामी 20 अक्टोबर दीपावलीको पर्व धूमधामले मनाइन्छ। घर एवं व्यापारिक प्रतिष्ठानहरूमा गणेश भगवान, माता लक्ष्मी, माता सरस्वती तथा कुबेर भगवान, बजरंग बलीको पूजा अर्चना गरिन्छ। पण्डित कैलाश मुरारीले बताए, दीपावलीमा माँ क्ष्मीको पूजन प्रदोष काल अर्थात सूर्यास्तपछि तीन मुहूर्तमा गरिन्छ। दीपावलीमा माँ लक्ष्मीको पूजा औंसी तिथिमा प्रदोष काल अवधि स्थिरि लग्नमा गर्न सर्वोत्तम मानिन्छ। यस अतिरिक्त दीपावलीमा तान्त्रिक र साधकहरूको लागि माँ लक्ष्मीको पूजा महानिशीथ कालमा गर्नु अधिक उपयुक्त मानिन्छ।

धार्मिक मान्यता अनुसार दीपावलीको राती माता लक्ष्मी बैकुण्ठ धामदेखि पृथ्वी लोकमा भ्रमण गर्दछन् अनि घर-घरमा गएर हेर्छन् कि घर सफा छ कि छैन, राम्ररी सजाएको छ कि छैन तथा विधि विधानपूर्वक पूजा भइरहेको छ कि छैन। जुन घरमा पूजापाठ तथा सर-सफाई हुन्छ त्यहाँ माँ लक्ष्मी विराजमान हुन्छन्।

-लक्ष्मी पूजाको सम्पूर्ण पूजा विधि:

यसे त दीपावली आउन धेरै दिन अगाड़ि देखि नै घर सर-सफाई गरिन्छ, तर दीपावलीको दिन लक्ष्मी पूजा गर्न अगाड़ि फेरि एकपटक सर-सफाई गर्नुहोस्। घरको वातावरणलाई शुद्ध र पवित्र बनाउनको लागि घरको हरेक कुनामा गंगाजल छर्किनुहोस्। त्यसपछि घरको मुख्य द्वारमा रंगोली वा तोरण द्वार बनाउनुहोस्। द्वारको दुवै भागमा स्वास्तिक र शुभ-लाभको आकृति बनाउनुहोस्।

साँझको समयमा लक्ष्मी पूजाको लागि सबैभन्दा पहिला पूर्व दिशा वा ईशान कोशमा एउटा चौकी राख्नुहोस्। त्यस चौकीमा रातो रंगको कपड़ा ओछ्याउनुहोस् र त्यसमाथि भगवान गणेशको मूर्तिलाई राख्नुहोस्। यसरी नै दाहिेने तर्फ माता लक्ष्मीको मुर्ति राख्नुहोस् साथै पानी भरिएको कलश पनि राख्नुहोस्। त्यसपछि सबै सामग्रीहरू लिएर आसनमा बस्नुहोस् अनि चारैतिर गंगाजल छर्केर पूजाको संकल्प लिँदै पूजा आरम्भ गर्नुहोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande