दार्जिलिङमा सांसद राजू बिस्टको लावा-लस्करमा ढुङ्गामुड़ा
दार्जिलिङमा सांसद राजू बिस्टको लावा-लस्करमा ढुङ्गामुड़ा


दार्जिलिङ, 19 अक्टोबर (हि. स.)। पहाड़ी क्षेत्रका पैह्रो प्रभावित क्षेत्रहरूको भ्रमण गर्ने क्रममा दार्जिलिङका भाजपा सांसद राजू बिष्टको लावा-लस्करमाथि कथित रूपमा ढुङ्गामुड़ा गरियो। आरोप छ। गए शनिवार अबेर राती दार्जीलिङ जिल्लाको सुकेपोखरी क्षेत्रको दैड़ाह गरेर फर्किने क्रममा उनको लस्करमाथि ढुङ्गामुड़ा गरियो। घटनामा उनको वाहनको शिशा फुटेको छ।

घटनापछि सांसद राजू बिष्टले जोरबंगलो पुलिस थाना पुगेर लिखित सिकायत दर्ता गराए। भाजपाले यस हमलालाई लिएर सत्तासिन तृणमूल कंग्रेसमाथि हमला गरेको आरोप लगाएका छन्। केन्द्र सरकारले हालैमा पहाड़को स्थायी राजनीतिक मुद्दालाई सुल्झाउनको लागि एक उच्च पदस्थ मध्यस्थलाई नियुक्त गरेको छ, तर सांसदले आरोप लगाे, यो हमला राजनीतिक आक्रोशलाई दर्शाउँछ। यस घटनापछि पहाड़ी क्षेत्रको राजनीतिक जगतमा खैलाबैचा मचिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande