बाँकुड़ामा अवैध पटाकाविरूद्ध पुलिसको ठूलो कारबाही, भारी मात्रामा प्रतिबन्धित पटेका जफत
बाँकुड़ामा अवैध पटाकाविरूद्ध पुलिसको ठूलो कारबाही, भारी मात्रामा प्रतिबन्धित पटेका जफत


बाँकुड़ा, 19 अक्टोबर (हि.स.)। पश्चिम बंगालको बाँकुड़ा जिल्लामा संचालित अवैध पटेकाविरूद्ध विशेष अभियानमा पुलिसले ठूलो सफलता हासिल गरेको छ। बितेका दुई दिनदेखिको जिल्लाका विभिन्न थानाहरूद्वारा एकपछि अर्को छापामारी अभियान संचालन गरिने क्रममा भारी मात्रामा प्रतिबन्धित तथा खतरनाक पटाका जफत गरिएको छ।

पुलिस सूत्र अनुसार जिल्लाका कतिपय क्षेत्रहरूमा विभिन्न ब्राण्ड तथा प्रकारका अवैध पटेकाहरूलाई प्रचुर मात्रामा भण्डारण गरिएको थियो। गुप्त सूचनाको आधारमा पुलिसले यी क्षेत्रहरूमा छापा माऱ्यो। यस अवधि सयकड़ौं किलो विस्फोटक सामग्री तथा विविध किसिमका चर्को ध्वनियुक्त पटेकाहरू जफत गरियो।

बाँकुड़ा जिल्ला पुलिसले बतायो, यो कारबाही आगामी तिहार विशेष गरी काली पूजा र दीपावलीलाई मध्यनजर गर्दै गरिएको हो ताकि मानिसहरूको सुरक्षालाई सुनिश्चित गर्न सकियोस्। पुलिसले स्पष्ट पाऱ्यो, प्रतिबन्धित पटेकाहरूको बिक्री अनि प्रयोग गर्नेहरूविरूद्ध कड़ा कानूनी कारबाही गरिनेछ।

जिल्ला पुलिस अधीक्षकले आम नागरिकहरूसित अपील गरेका छन्, सरकारी रूपमा स्वीकृत ग्रीन क्र्याकर्स नै प्रयोग गरौं। कतै अवैध पटेकाको बिक्री एवंं भण्डारण गरिएको थाहा लागे तुरून्तै पुलिसलाई सूचना दिइयोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande