कोलकाता, 19 अक्टोबर (हि.स.)। मनसुनले विदा लिसकेको भए पनि पश्चिम बंगालका वरपरबाट अहिलेसम्म बादल हटेको छैन। दक्षिणबाट फर्किने मनसुनपछि चिसो हावा बिस्तारै राज्यमा प्रवेश भइरहेको छ। यो सुक्खा हावा र पूर्व दिशाबाट आउने आद्र हावा आपस्तमा ठोक्किएर बंंगालका केही भागहरूमा फेरि वर्षा हुनसक्ने सम्भावना रहेको छ।
मौसम विभाग अनुसार आइतवार दक्षिण 24 परगना, उत्तर 24 परगना औ पूर्व मेदिनीपुरका तटीय क्षेत्रहरूमा छरिएको हल्कादेखि मध्यम वर्षा हुनसक्छ। तथापि राज्यका अन्य भागहरूमा भने पानी पर्ने सम्भावना कमै छ। तर आकाश भने आंशिक रूपमा बादलले घेरिरहनेछ।
सोमवार मौसम लगभग यस्तै प्रकारको रहने अनुमान छ। तथापि त्यस दिन वर्षा हुने सम्भावना कमै छ। बिहान कतिपय स्थानहरूमा हल्का कुहिरो देखिनेछ। मंगलवारदेखि मौसममा सुधार आउने संकेत छ। मौसम विभागको भनाइ छ, काली पूजादेखि लिएर भाइटीकासम्म कुनै प्रकारको प्राकृतिक व्यवधान हुने आशंका छैन। सफा आकाश अनि धमाइलो दिन फर्किसनक्छ जसबाट हल्का चिसो पनि महसूस हुनसक्छ।
उत्तर बंगालका पर्वतीय जिल्लाहरू क्रमैले दार्जीलिङ, जलपाईगुड़ी औ कालेबङमा आइतवार हल्कादेखि मध्यम वर्षा हुनसक्छ भने अन्य जिल्लाहरूमा मौसम शुष्क रहनेछ अनि आकाशमा आंशिक रूपमा बादल लाग्नेछ।
सोमवारदेखि उत्तर बंगालमा पनि मौसम सफा हुने सम्भावना छ। अधिकांश स्थानमा घाम लाग्नसक्छ भने बिहान हल्का कुहिरो लाग्नसक्छ। तर यसले दीपावलीको उत्साहमा कुनै प्रभाव पार्नेछैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा