मेदिनीपुर, 19 अक्टोबर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको सबंग थाना अन्तर्गत नील बस स्ट्याण्ड नजिक आइतवार भोर बिहान राज्य सड़कमा दुई वटा डम्पर आपस्तमा ठोक्किएर भयानक आगलागी भयो। कालीपूजाको एक दिन अगाड़ि भएको स घटनाले सम्पूर्ण क्षेत्र त्रसित भयो।
जानकारी अनुसार आइतवार भोर बिहान 4:30 बजे यो दर्घटना त्यसबेला भयो जतिबेला नील बस स्ट्याण्ड नजिक सड़क किनारमा राखिएको डम्परसित पटाशपुर तिरबाट आइरहेको 18-चक्के स्टोन चिप्स लादिएको द्रूत गतिकोक डम्पर ठोक्कियो अनि आगो लाग्यो। हेर्दा-हेर्दै आगो फैलिएर घाँसको थुप्रो पनि चपेटमा पऱ्यो।
आगो सय मीटर टाड़ासामा देखिँदैथ्यो जसले गर्दा क्षेत्रमा कालो धुँवा फैलियो। वरपरका मानिसहरूमा कोकोहोलो मचियो। सूचना पाउनसाथ दमकलका चारवटा वाहन अनि सबंग थानाबाट पुलिस घटनास्थलमा आइपुग्यो। लगभग पाँच घण्टाको कड़ा परिश्रमपछि आगो नियन्त्रित भयो।
आगलागीको कारणले राज्य सड़कमा लामो जाम लाग्यो। घण्टौसम्म यातायात बाधित भयो। पछि पुलिसले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गरेपछि यातायात बहाल भयो।
स्थानीय मानिसहरूको भनाइ छ, यसप्रकारका दुर्घटनाहरू प्रायजसो नै राती भइरहन्छ जसको मुख्य कारण डम्परहरूको अनियन्त्रित गति हो। दि राटी ट्राफिक पुलिसले निगरानी राखे यस्ता घटनाहरू हुने थिएन।
पुलिस अनुसार यस दुर्घटनामा कुनै प्रकारको मानव क्षति भएन। दुर्घटनाको कारण पत्तो लगाउनजाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा