कोलकाता, 19 अक्टोबर (हि. स.)। भाजपा नेता दिलीप घोषले आइतवार तृणमूल कंग्रेसमाथि चर्को प्रहार गरे। उनले भने, तृणमूल कंग्रेसको मुख्य उदेश्य डर अनि हिंसाको बलमा चुनाउ जित्नु हो।
भाजपा सांसद राजू बिष्टको लावा-लस्करमा भएको हमलाको घटनाको निन्दा गर्दै दिलीप घोषले भने, सम्पूर्ण पश्चिम बंगालमा निरन्तर हिंसा बढ़्दै गइरेहको छ। तृणमूल कंग्रेसले भयपूर्ण परिवेश बनाएर चुनाउ जित्ने चेष्टा गरिरहेको छ।
उनले भने, जति-जति एसआईआरको सम्भावना बढ़्दै गइरहेको छ उति-उति तृणमूल नेताहरूमा उत्तेजना र छटपटी पनि बढ़िदै गइरहेको छ। उनीहरूको व्यवहार, भाषा र सोच सबै परिवर्तन भइरहेको छ। यदि जनप्रतिनिधि, सांसद औ विधायक जनतासित भेट गर्न जान सक्दैनन् भने यहाँ चुनाउ कसरी हुनसक्छ? लोकतन्त्र कहाँ छ?
भाजपा नेताले प्रश्न उठाए, चुनिएका जनप्रतिनिधिहरूको सुरक्षा सुनिश्चित छैन भने आम नागरिकहरूको सुरक्षाको के ग्यारण्टी छ?
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा