दिल्ली डबल मर्डरः महिला एवं उसको कथित प्रेमीको चक्कु रोपी हत्या, पति घाइते
दिल्ली डबल मर्डरः महिला एवं उसको कथित प्रेमीको चक्कु रोपी हत्या, पति घाइते


नयाँ दिल्ली, 19 अक्टोबर (हि.स.)। मध्य जिल्लाको नबी करिम क्षेत्रमा गए शनिवार अबेर राती प्रेम प्रसंगको विवादमा एकजना महिला र उसको कथित प्रेमीको हत्या गरियो। महिलाको पति गम्भीर रूपमा घाइते भए। पुलिसले यस मामिलामा हत्या अनि हत्याको प्रयासको मुद्दा दर्ता गरी जाँच शुरू गरिएको छ। मृतकहरूको पहिचान अमरपुरी, नबी करिम निवासी आशु उपनाम शैलेन्द्र (34) औ प्रताप नगर निवासी शालिनी (22)-को रूपमा भएको छ। शालिनीको घाइे पति आकाश (23) अस्पतालमा उपचाराधिन छ। शालिनी गर्भवती थिई, यस घटनामा गर्भमा हुर्किरहेको शिशुको पनि मृत्यु भयो।

पुलिस अनुसार गए शनिवार राती लगभग 10:15 बजे आकाश आफ्नी पत्नी शालिनीसित शालिनीकी आमा शिलालाई भेट गर्न क़ुतुब रोड, नबी करिम पुगेको थियो। यसै अवधि आशु त्यहाँ आयो अनि आकाशमाथि चक्कुले प्रहार गर्ने प्रयास गऱ्यो। आकाश भाग्यले बच्यो, तर आशुले ई-रिक्शामा बसेकी शालिनीमाथि अकपछि अर्को प्रहार गऱ्यो। पत्नीमाथि हमला भएको देखेर उसलाई बचाउन गएको आकाशलाई पनि आशुले प्रहार गऱ्यो।

भनिन्छ, झगड़ा हुँदा आकाशले आशुलाई नियन्त्रण गऱ्यो अनि त्यै चक्कुले उमाथि प्रत्याक्रमण गऱ्यो। घाइते अवस्थामा तीनैजनालाई अस्पताला लगियो जहाँ डाक्टरहरूले शालिनी र आशुलाई मृत घोषित गरिदिए। आकाशको उपचार भइरहेको छ।

शालिनीकी आमा शिलाले बताए अनुसार शालिनी र आकाशको विवाह भएको थियो र उनीहरूको दुई सन्तान पनि छन्। शालिनी गर्भवती थिई। केही समयअघि शालिनीको सम्बन्ध आशुसित गाँसिएको थियो र उ उसित लिभ-इन-रिलेशनमा पनि बसेकी थिई। पछि उसले आशुलाई छोड़ेर फेरि पति आकाशसित बस्न थाली। आशुले आफूलाई शालिनीको गर्भमा हुर्किरहेको सन्तानको पिता बताउँथ्यो जसले गर्दा दुवैै पुरूषहरूमाथ तनाउ भइरहेको थियो।

पुलिस सूत्र मुताविक आशु थाना नबी करिमको घोषित अपराधी (बीसी) थियो भने आकाशविरूद्ध पनि तीन वटा आपराधिक मामिला दर्ता छ। पुलिसले शवहरूलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande