गान्तोक, 19 अक्टोबर (हि.स.)। सिक्किमको नरबहादुर भण्डारी सरकारी महाविद्यालयको नेपाली विभागले नेपाली लोक नृत्य र लोक गीतबारे सप्ताहव्यापी कार्यशाला तथा प्रशिक्षण आयोजन गऱ्यो। सिक्किमका चर्चित लोक कलाकार नरेन गुरुङ, पद्मश्रीले सम्मानित व्यक्तिले कार्यशालामा प्रशिक्षणार्थी विद्यार्थीहरूलाई नेपाली लोक नृत्य मारूनी, सोरठी तथा लोक गीतमा असारे, भैलेनी तथा देउसी जस्ता लोपोन्मुख लोक संगीतको बारेमा प्रशिक्षण प्रदान गरेका थिए।
कार्यशालाको समापन समारोह सिक्किम सरकारको संस्कृति विभागका अध्यक्ष भीम कुमारी शर्माको मुख्य आथित्वमा सम्पन्न भयो। यस अवसरले कार्यशाला आयोजनले विद्यार्थीहरूलाई किताबको ज्ञान बाहेक आफ्नो मौलिक लोक परम्परा र संस्कृति तथा लोक कलालाई बुझ्ने मौका प्रदान गरेको बताउँदै विद्यार्थीहरूले आफ्ना अनुभव साझा गरे। उनीहरूले कार्यशालामा सिकेका भैलेनी, मारूनी, देउसी, खाडो, सोरठी र अन्य लोक गीतहरू पनि प्रस्तुत गरे। झिलिमिलि तिहार उत्सव शिर्षकमा समापन कार्यक्रम रमाइलो प्रकारले आयोजन गरिएको थियो।
कार्यशाला आयोजन गर्नुको मुख्य उद्देश्य र त्यसको प्रतिफलबारे सह प्राध्यापक डा टीबी छेत्रीले मन्तव्य राखे। उनले विद्यार्थीहरूले धर्यताको साथमा छोटो अवधिमा गरेको सफल अभ्यास गरेको तथा पहिलो दिन नै 172 जना विद्यार्थी, 15 जना शिक्षण र पुस्तकालयका कर्मचारीहरूले पञ्जिकरण गरेको बताए। विद्यार्थीले चार दिनमा दुइवटा नृत्य,तीनवटा लोक गीत सिक्न सफल भएको बताए। उनले सोरठी नृत्यलाई भारतमा नेपाली शास्त्रीय नृत्यको रूपमा प्रस्तुत गर्न सुझाउ पनि दिए।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि अध्यक्ष शर्माले आफ्नो परिचय दिनुपर्दा सिक्किम भनेर मात्र पुरा नहुने बताउँदै आफ्नो रितिरिवाज लोक कला अन्य समुदायलाई देखाउन नसके परिचय पुरा नहुने बताए। धनी लोक कला संस्कृतिले गर्दा नै सिक्किमे हुनमा गर्व बोध हुने बताइन्। यसैगरि उनले विद्यार्थीहरूको स्वर्णकालिन जीवनमा यस्ता कुराहरू सिक्नु पाउनु ठूलो कुरा रहेको तथा विद्यार्थीहरूको सङ्कल्प देख्दा खुसी लागेको बताइन्। सोरठी नृत्यलाई शास्त्रीय नृत्यको रूपमा भारतमा पुऱ्याउनु पर्ने विषयमा सम्बन्धित निकाय र विभागबाट पहल गर्ने प्रतिश्रुती दिइन्।
कार्यक्रममा आफ्नो सम्बोधन राख्दै प्रशिक्षक नरेन गुरुङले आफूले लोक कला सिक्दाको सम्झानाहरू साझा गरे। यसैगरि देश विदेशमा नेपाली लोक नृत्य र संगीतलाई लिएर जाँदाको अनुभव बताए। प्रशिक्षणमा विद्यार्थीहरूको सक्रिय सहभागितामा खुसी व्यक्त गरे।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै महाविद्यालयका प्राचार्य डा डी पुरोहीतले यो कार्यशाला राख्नुको उद्देश्य प्रकाश पारे। उनले लोक संस्कृति बाँचे मात्र मान्छेको चिनारी बाँच्छ भन्ने मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरूले लोक कलालाई सिक्न जुन चासो देखाए त्यसको सराहना पनि गरे।
कार्यक्रममा नेपाली विभागका विभागीय प्रमुख डा उदेय छेत्रीले स्वागत सम्बोधन राखेका थिए भने शिक्षिका डा शारदा छेत्रीले सञ्चालन गरेको कार्यक्रममा कञ्चनजङ्घा राज्य विश्वविद्यालयका शिक्षक, वरिष्ठ पत्रकार साहित्यकार तथा लोक संगीत पारखीहरूको बाक्लो उपस्थिति रहेको थियो।
हिन्दुस्थान समाचार / बिशाल