अवैध रक्सी तस्कर पक्राउ
अवैध रक्सी तस्कर पक्राउ


बेतिया, 19 अक्टोबर (हि.स.)। अवैध रक्सी कारोबारमाथि रोक लगाउन बेतिया पुलिसले शनिवार अबेर राति ठूलो कारबाही गऱ्यो। राति पेट्रोलिङमा गुप्त सूचनाको आधारमा लारिया जिरिया माई स्थान निकट छोटी नगर नजिक छापा मारियो, जहाँबाट पुलिसले 15 लीटर देशी चुलाई रक्सीको साथ तीन तस्करलाई पक्राउ गऱ्यो।

पक्रा परेका आरोपीहरूको पहिचान पराऊ टोला गाउँ निवासी गुड्डू यादव (पिता हरी यादव), दुबवलिया गाउँ निवासी रामचन्द्र मुसहर (पिता युगा मुसहर) र बसवरिया गाउँ निवासी महन्त मांझी (पिता सुखराम मांझी) को रूपमा गरिएको छ।

पुलिसले घटनास्थलबाट रक्सी निर्माणमा प्रयुक्त अन्य समान पनि जफत गरेको छ।

थानाध्यश रमेश कुमार शर्माले भने, आइतवार बिहान तीनै आरोपीहरू विरूद्ध उत्पाद अधिनियम अन्तर्गत मामिला दर्ता गरी उनीहरूलाई न्यायिक हिरासतमा बेतिया पठाइएको छ। थाना क्षेत्रमा अवैध रक्सी कारोबारलाई कुनैपनि मूल्यमा सहन गरिनेछैन। पुलिसको कारबाही लगातार जारी रहनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande