सिलगढ़ी, 19 अक्टोबर (हि.स.)। एक पितालाई आफ्नी 16 वर्षीय नाबालिगको साथ दुष्कर्म गरेको र उलाई गर्भवती बनाएको आरोपमा पुलिसले पक्राउ गरेको छ।
16 वर्षीय नाबालिगलाई तीन हप्ता अगाड़ी सिलगढ़ी जिल्ला अस्पतालमा भर्ती गराइएको थियो, जहाँ उले एक सन्तानलाई जन्म दिएकी थिई। सन्तानलाई जन्म दिएपछि उ आफ्नो इज्जत बचाउन भागेकी थिइन्।
नाबालिग अस्पतालबाट भागेपछि सिलगढ़ी थाना पुलिसले जाँच शुरू गऱ्यो। नाबालिगले शनिवार सिलगढ़ी पुलिसको जाँचकर्ता महिला अधिकारी सामू आफ्नो पिताको करतूतबारे बताइन्। यसपछि शनिवार अबेर राति आरोपी पितालाई पक्राउ गरियो। पुलिसले स्थितिलाई नियन्त्रणमा लियो। अहिले नाबालिगको सन्तान सिलगढ़ी जिल्ला अस्पतालमा छ।
अस्पतालद्वारा मामिलाको सूचना पुलिस थानालाई दिइएपछि पोक्सो अन्तर्गत मामिला दर्ता गरिएको छ। जाँच गरिरहेको पुलिस अधिकारीहरूले नाबालिगलाई सीडब्ल्यूसी कहाँ पठाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी