सोनादा, 19 अक्टोबर (हि.स.)। दार्जिलिङ पहाड तराई र डुवर्सको लागि केन्द्रले इन्टरलोक्युटर नियुक्ति गरेकोमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले असन्तुष्ट व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्राचार गरेको विषयमा दार्जिलिङ सांसद राजु विष्टले आज प्रतिक्रिया दिएका छन्।
उनले आज सोनादामा मुख्यमन्त्री ममता ब्यानर्जीले यस विषयमा प्रधानमन्त्रीलाई पत्राचार गरेको विषयमा पत्रकारहरुले सोधेको प्रश्नको उत्तर सांसद राजु विष्टले भने, केन्द्र दार्जिलिङ पहाड र तराई डुवर्सको जनतामाथि न्याय होस् भनेर चाहन्छ। तर, राज्यले यहाँको जनतामाथि न्याय होस् भन्ने चाहॅंदैन। 2021 मा गृहमन्त्री अमित शाहको अध्यक्षतामा भएको वार्तामा राज्य सरकारलाई बोलाएको, तर कोही आएन। 2023 मा पनि राज्यबाट कोही आएन र अहिले तेस्रोपल्ट गोर्खाहरुको मुद्दाको लागि केन्द्रले इन्टरलोक्युटर नियुक्ति गरेको छ। तर त्यसमा पनि राज्य सरकार असन्तुष्ट छ।
सांसद राजु विष्टले अझ भने, इन्टरलोक्युटर वार्ताकारको रुपमा आएर यहाँको विभिन्न राजनैतिक दलहरुसित बातचीत गर्नेछन्, जीटीएको नेताहरु र अधिकारीहरु, विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुसित बातचीत गर्नेछन्। तर, ममता ब्यानर्जीले केन्द्रमा पत्र लेखेर स्पष्ट भएको छ कि उनी जनताको विरुद्धमा छन्। प्रधानमन्त्रीलाई यस विषयमा पत्र लेख्नु किन आवश्यकता पर्यो?' यसबाट स्पष्ट हुन्छ कि मुख्यमन्त्री ममता ब्यानर्जी जनताको पक्षमा छैन।
सांसद राजु विष्टले अब भोट माग्नु आउँदा मुख्यमन्त्री ममता ब्यानर्जीले जनतालाई जवाफ दिनुपर्छ भनी बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक