दुई दिवसीय दौड़ाहमा 07 नोभेम्बरमा केन्द्रिय वित्त मन्त्री सीतारमण असम आउने
दुई दिवसीय दौड़ाहमा 07 नोभेम्बरमा केन्द्रिय वित्त मन्त्री सीतारमण असम आउने


विश्वनाथ, 21 अक्टोबर (हि.स.)। केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमण 07 र 08 नोभेम्बरमा दुई दिवसीय दौड़ाहमा असम आउनेछिन्। केन्द्रिय वित्त मन्त्री 08 नोभेम्बरमा विश्वनाथ जिल्लान्तर्गत गहपुरको भोलागुड़ीमा आय़ोजित एक कार्यक्रममा हिस्सा लिनेछिन्।

केन्द्रिय मन्त्री सीतारमणले पहिलो असमिया फिल्म 'जयमती' को निर्माण स्थल भोलागुड़ीमा बनिने शहीद कनकलता बरुवा विश्वविद्यालयको शिलान्यास गर्नेछिन्। लगभग 740 बीघा भूमिमा बनिने यस राज्य स्तरीय विश्वविद्यालयको निम्ति पहिलो चरणमा 350 करोड़ रूपियाँ खर्चा हुनेछ।

यस क्रममा आज असम सरकारका वित्त मन्त्री अजन्ता नेओग र राज्यका मुख्य सचिवले भोलागुड़ीमा पुगेर आवश्यक तयारीहरूको जायजा लिँदै अधिकारीहरूलाई आवश्यक निर्देश दिए। उनले बताए, भोलागुरीमा बनिने स्तरीय विश्वविद्यालयले यस क्षेत्रका मानिसहरूका लागि शिक्षाको नयाँ द्वार खोल्नेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande