दिल्लीकी मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई भेटेर दिइन् दिवालीको बधाई
दिल्ली


नयाँ दिल्ली, 21 अक्टोबर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले मंगलवार प्रधानमन्त्री नरेन्द्र मोदीलाई यहाँ प्रधानमन्त्री आवासमा भेटेर उनलाई दिवालीको शुभकामना दिइन्।

मुख्यमन्त्रीले एक्समा एक पोस्टमा आफ्नो बहुमूल्य समय र स्नेहपूर्ण मार्गदर्शनको निम्ति प्रधानमन्त्रीको हृदयबाट आभार व्यक्त गरिन्। मुख्यमन्त्रीले भनिन्, विश्वका सबैभन्दा लोकप्रिय नेता र प्रधानमन्त्री मोदीको सान्निध्य र उनको आशीर्वाद नयाँ ऊर्जा र संकल्पको साथ दिल्लीको सेवामा अझ् अधिक समर्पणको साथ कार्य गर्ने प्रेरणा दिँदछ। मुख्यमन्त्रीले प्रधानमन्त्रीको साथ आफ्नो भेटको फोटो पनि साझा गरिन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande