मुम्बई, 21 अक्टोबर (हि.स.)। महाराष्ट्रको धाराशिव जिल्लाको उमरगा तहसीलमा सोलापुर-हैदराबाद हाइवेमा दलिंब गाउँ निकट मंगलवार बिहान दुई महंगो लग्जरी कारहरूबीच ठक्कर हुँदा चार जनाको घटनास्थलमै मृत्यु भयो। यस घटनामा दुई जना घाइते भए, दुवैलाई उपचारको निम्ति सोलापुरको सिविल अस्पतालमा भर्ती गराइएको छ, जहाँ उनीहरूको उपचार जारी छ। यस घटनाको छानबीन स्थानीय पुलिसले गरिरहेको छ।
यस मामिलाको छानबीन गरिरहेका पुलिस अधिकारीले बताए, दुर्घटनामा मारिएका चारै जना आज बिहान धाराशिव जिल्लादेखि खासमपुर बीदरतिर गइऱहेका थिए। तब अगाड़ीबाट आइरहेको अझ् एउटा कारले गाड़ीलाई जोडदार ठक्कर दियो। यस घटनामा बीदतिर गइऱहेको कारमा सवार चार जनाको मृत्यु भयो। जबकि दोस्रो कारमा सवार दुई जना घाइते भए। यस घटनाको जानकारी पाउनसाथ धाराशिव पुलिस स्टेशनको टीम तत्काल घटनास्थलमा पुग्यो र चारै मृतकको शव आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति पठायो, जबकि दुवै घाइतेलाई सोलापुरको सिविल अस्पतालमा भर्ती गराइएको छ। यस घटनामा अहिलेसम्म मृतकहरू र घाइतेहरूको पहिचान हुन सकेको छैन, मामिलाको छानबीन जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी