छत्तीसगढ़ क्याडरका आईपीएस आशुतोष सिंह सीबीआईको नयाँ पुलिस अधीक्षक हुनेछन्
आईपीएस


रायपुर, 21 अक्टोबर (हि.स.)। छत्तीसगढ़ क्याडरका 2012 ब्याचका आईपीएस अधिकारी आशुतोष सिंहलाई केन्द्र सरकारले केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) मा पुलिस अधीक्षक (एसपी) पदमा नियुक्त गर्न औपचारिक स्वीकृति प्रदान गरेको छ।

भारत सरकारको कार्मिक एवं प्रशिक्षण विभागद्वारा मंगलवार जारी आदेशमा भनिएको छ, आशुतोष सिंहलाई पाँच वर्षको अवधिको निम्ति वा आगामी आदेशसम्म यस पदमा पदस्थ गरिनेछ।

पत्रमा राज्य सरकारलाई भनिएको छ कि आशुतोष सिंहलाई यो आदेश जारी भएको तारिकदेखि तीन हप्ताभित्र रिलीव गरियोस् ताकि उनले अतिशीघ्र आफ्नो नयाँ जिम्मेवारी सम्हाल्न सकुन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande