भोपालदेखि हैदराबादसम्मको अतिरिक्त फ्लाइट आजदेखि आरम्भ
भोपालदेखि हैदराबादसम्मको अतिरिक्त फ्लाइट आजदेखि आरम्भ


भोपाल, 22 अक्टोबर (हि.स.)। मध्य प्रदेशको राजधानी भोपालको राजा भोज हवाईअड्डादेखि हैदराबाद तर्फ उड़्ने अतिरिक्त फ्लाइट आज 22 अक्टोबरको साँझदेखि शुरू भयो। यस नयाँ सेवाबाट यात्रीहरूलाई फाइदा पुग्ने आशा छ।

राजा भोज एयरपोर्टका डाइरेक्टर रामजी अवस्थीले भने, वर्षा कालमा बन्द गरिएका फ्लाइटहरूलाई अब शीतकालमा फेरि शुरू गरिंदैछ। यसै क्रममा भोपाल-हैदराबादबीच उक्त नयाँ फ्लाइट शुरू गरिएको हो। फ्लाइट संख्या 6 ई-7594 हैदराबाददेखि साँझ 6.55 बजे प्रस्थान भएर राती 9 बजे भोपाल पुग्नेछ भने 6 ई-7595 भोपालदेखि राती 9.20 बजे प्रस्थान भएर राती 11.30 बजे हैदराबाद पुग्नेछ। यो शुरू भएपछि हैदराबाद तर्फ उड़्ने दुई वटा फ्लाइट हुनेछ। इण्डिगो कम्पनीद्वारा वर्तमानमा एउटा फ्लाइट बिहान हैदरबादको निम्ति संचालन गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande