अखिलेश यादव र अजम खाँले बहुसंख्यक समाजको अपमान गरेः चौधरी भूपेन्द्र सिंह
अखिलेश यादव र अजम खाँले बहुसंख्यक समाजको अपमान गरेः चौधरी भूपेन्द्र सिंह


मुरादाबाद, 22 अक्टोबर (हि.स.)। समाजवादी पार्टीका अखिलेश यादव र आजम खाँले बहुसंख्यक समाजको अपमान गरेका छन्। उनीहरूको सोच सनातन विरोधी छ जुन सदैव रहनेछ। सो मन्तव्य भाजपा प्रदेश अध्यक्ष चौधरी भूपेन्द्र सिंहले बुधवार मुरादाबादमा मीडिया कर्मीहरूसित बातचित गर्ने क्रममा व्यक्त गरेका हुन्।

भाजपा प्रदेश अध्यक्षले पूर्व मुख्यमन्त्री अखिलेश यादवद्वारा अयोध्यामा सम्पन्न भएको दीपोत्सवलाई लिएर फाल्टो खर्च बताइनु तथा पूर्व मन्त्री आजम खाँद्वारा दियो बाल्न सक्नेहरूले सबै बाल्नसक्छ भनिएको सन्दर्भमा उनीहरूमाथि लक्षित गरे। चौधरी भूपेन्द्र सिंहले भने, दीप बाल्नु प्रेमको प्रतीक हो। यस्तो बयान दिनेहरूलाई प्रदेशका जनताले राजनीतिक रूपमा अन्धकारमा धकेलिदिएका छन्। यो प्रदेशका जनताले तय गरेका छन्। अखिलेश यादवको सोचमा अन्धकार छ र रहिरहनेछ। त्यसैले उज्यालो बनाउने दीपहरूलाई लिएर उनको आस्था विरोधी बयान आएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande