कोलकाता, 22 अक्टोबर (हि.स.)। दक्षिण कोलकाताको अलिपुरमा अलमारीभित्र एकजना नाबालिक छात्राको शव भेटिएको घटनाले व्यापक सन्त्राष फैलाएको छ। मृतकाको पहिचान सञ्जना सिंह (उमेर लगभग दश वर्ष)-को रूपमा भएको छ जो आरजी कर मेडिकल कलेजकी महिला चिकित्सकसित भएको दुष्कर्म तथा हत्याका दोषी सञ्जय रायकी भाञ्जी थिई।
पुलिसलाई प्रारम्भिक पोस्टमर्टम रिपोर्ट प्राप्त भइसकेको छ जसमा आत्महत्या गरेको शंका व्यक्त गरिएको छ। रिपोर्ट अनुार सञ्जनाको शव अलमारीभित्र आंशिक रूपमा हेंगरमा झुण्डिएको थियो।
पुलिस सूत्र अनुसार मृतकाका पिता भोला सिंह र सौतेनी आमा पूजा रायलाई जाँचबुझ गर्नको लागि अलिपुर थाना लगिएको छ। भोला पेशाले एक निजी सुरक्षा एजेन्सीमा काम गर्छन् जो प्रायजसो नै घरदेखि बाहिर नै हुन्छन्। पूजा राय कोलकाता पुलिसमा कार्यरत छन्।
सञ्जना भोला सिंह र बबिता रायकी छोरी थिई। बबिता दोषी सञ्जय रायकी दिदी थिई। एक वर्षपूर्व तिनको मृत्यु भएपछि भोलाले उसैकी बहिनी पूजा रायसित विवाह गरेका थिए।
स्थानीय मानिसहरू अनुसार परिवारमा प्रायजसो नै विवाद भइरहन्थ्यो। छिमेकीहरूको आरोप छ, भोलाले आफ्नी वृद्ध आमामाथि कुटपिट गर्थे अनि छोरीमाथि पनि प्रायजसो नै अत्याचार गर्थ्यो। दोस्रो पत्नी पूजामाथि पनि सौतेनी छोरीमाथि शारीरिक एवं मानसिक प्रताड़ना गरेको आरोप लागेको छ। घटनापछि क्षेत्रमा आक्रोश फैलिएको छ। मानिसहरूले दुवै पति-पत्नीविरूद्ध कारबाही गर्ने माग गरेका छन्।
पुलिसको भनाइ छ, प्रारम्भिक जाँचमा आत्महत्याको दिशा तर्फ संकेत गरिरहेको छ। तथापि यो पनि जाँच गरिँदैैछ, अन्ततः दश वर्षीय छोरीले आत्महत्या किन गरी? अलमारीभित्र भेटिएको दुपट्टालाई जफत गरी फोरेन्सिक जाँचको लागि पठाइएको छ।
बुधवार अपरान्ह पूजा रायले आफूमाथि लागेको आरोपहरूलाई अस्वीकार गर्दै भनिन्, उनले आफ्नी छोरीको हत्या गरेको होइन, सञ्जना आफैले आत्महत्या गरेको हो। गत सोमवार राती घरमा आउँदा छोरीलाई नदेखेर खोजी गरियो। यसै अवधि अलमारीमा उसको शव झुण्डिरहेको अ्वस्थामा भेटियो।
अलिपुर थाना पुलिसले सम्पूर्ण मामिलाको गहन जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा