केन्द्रिय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले गृहमन्त्री अमित शाहलाई जन्मदिको शुभकामना दिए
केन्द्रिय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले गृहमन्त्री अमित शाहलाई जन्मदिको शुभकामना दिए


भुवनेश्वर, 22 अक्टोबर (हि.स.)। केन्द्रिय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले केन्द्रिय गृह एवं सहकारिता मन्त्री अमित शाहलाई उनको जन्मदिनमा हार्दिक शुभकामना दिएका छन्। उनले सोशल मीडिया प्लेटफर्म ‘एक्स’-मा सन्देश साझा गर्दै शाहलाई पार्टीका करोड़ौं कार्यकर्ताहरूको प्रेरणाश्रोत एवं राष्ट्रनिष्ठाको प्रतीक बताए। धर्मेन्द्र प्रधानले आफ्नो सन्देशमा लेखे, “पार्टीका करोड़ौं कार्यकर्ताहरूका प्रेरणाश्रोत, देशका गृह एवं सहकारिता मन्त्री अमित शाहजीलाई जन्मदिवसको अनन्त शुभकामना। तपाईको राष्ट्रनिष्ठा र अटुट समर्पणले परिपूर्ण नेतृत्वले भारतको आन्तरिक सुरक्षालाई अभूतपूर्व सुदृढ़ता, स्थायित्व औ नयाँ दिशा प्रदान गरिरहेको छ।”

उनले अझ भने, अमित शाहको नेतृत्वमा देशले अनुच्छेद 370-लाई इतिहास बनाउनदेखि लिएर नक्सलवादमाथि कड़ा प्रहारसम्म, शान्ति अनि सुशासनको स्वर्णिम अध्याय स्थापित गरेको छ जुन आज देशको एकता अनि अखण्डताको अमेट गाथा बनिसकेको छ।

प्रधानले यो पनि लेखे, “प्रधानमंन्त्री नरेन्द्र मोदीजीको ‘विकसित भारत’- को संकल्पलाई साकार पार्नमा अमित शाहजीको राजनीतिक दृष्टिकोण तथा सहकारिताको क्षेत्रमा नीतिगत फसेलाले निर्णायक भूमिका निर्वाह गरिरहेको छ। महाप्रभु श्री जगन्नाथ अनि माँ समलेश्वरीसित उनको सुदीर्घ जीवनको प्रार्थना गर्दछु।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande