पश्चिम मेदिनीपुर, 22 अक्टोबर (हि. स.)। घाटालदेखि मेदिनीपुर तर्फ गइरहेको एक द्रूत गतिको प्राइभेट कार गए मंगलवार अबेर राती सड़कदेखि 50 फुट तल झऱ्यो। यो दुर्घटना हुसैनपुर बज़ार पार गर्नसाथै बाकमोड़ नयनझुली क्षेत्रमा भएको हो। कार अनियन्त्रितभएर 50 फुट तल झऱ्यो जसले गर्दा कोकोहोलो मचियो।
प्रत्यक्षदर्शीहरू अनुसार कारमा मोठ तीनजना मानिसहरू सवार थिए। ठक्करपछि कारको ढोका जाम भयो जसले गर्दा दुईजना यात्री कारभित्रै फसे। स्थिति यहाँसम्म भयानक थियो कि उनीहरूलाई बाहिर निकाल्नका लागि ग्रामीणहरूलाई कड़ा संघर्र गर्नुपऱ्यो।
ग्रामवासीहरूले बताए, कार झरेको ठाउँसम्म पुग्न अत्यन्तै कठिन थियो। अँध्यारो र दलदले जमीन भएको कारणले बचाउ कार्यमा धेरै समस्याहरू भयो। अन्ततः कैयौं घण्टाको मिहेनतपछि तीनैजनालाई बाहिर निकालियो।
दुुर्घटनाको सूचना पाएर पुलिस घटनास्थलमा पुग्यो अनि घाइतेहरूलाई तत्कालै घाटाल महकुमा अस्पतालमा पुऱ्यायो। अबेर रातीसम्म घटनास्थलमा मानिसहरूको भीड़ थियो।
स्थानीय मानिसहरूको भनाइ छ, नयनझुली मोड़मा पहिला पनि धेरैपटक दुर्घटना भइसकेको छ, तर सड़क सुरक्षाका उपाय अहिलेसम्म गरिएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा