मुख्यमन्त्री डा. यादवले गोवर्धन पूजाको प्रदेशवासीहरूलाई दिए शुभकामना
मुख्यमन्त्री डा. यादवले गोवर्धन पूजाको प्रदेशवासीहरूलाई दिए शुभकामना


भाेपाल, 22 अक्टोबर (हि.स.)। मध्य प्रदेशमा गोवर्धन पूजा धूमधामले मनाइँदैैछ। मुख्यमन्त्री डा. यादवले गोवर्धन पूजाको अवसरमा प्रदेशवासीहरूलाई शुभकामना दिएका छन्।

मुख्यमन्त्री डाा. यादवले साेशल मीडिया एक्सको पोस्टमा लेखे, गोवर्धन धराधार गोकुल त्राणकारक। विष्णुबाहु कृतोच्छ्राय गवां कोटिप्रभो भव।। गोवर्धन पूजाको हार्दिक बधाई एवं शुभकामना। प्रकृतिप्रति आभार व्यक्त गर्ने पावन पर्वमा भगवान श्रीकृष्णजी, गौमातासित प्रार्थना छ कि तपाईहरू सबैको जीवनलाई समृद्ध एवं प्रसन्नताले परिपूर्ण गरिदिउन्।

यसको साथै राजधानी भोपालको कमला नगरमा आज बुधवार सहज समाधान शिक्षा समितिको तत्वावधानमा 21 फुट अग्लो भगवान गोवर्धनको प्रतिमा स्थापना गरियो। 10 क्विन्टल सामग्रीद्वारा निर्मित उक्त प्रतिमा सामु छप्पन भोग अर्पण गरियो। पूजापछि भगवान गिरिराजको प्रकिक्रमा गरियो। त्यसपछि साँझ अन्नकुट महोत्सव र भजन संख्या पनि आयोजना गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande