मुख्यमन्त्री यादवले अमर क्रान्तिकारी अशफाक उल्ला खाँलाई जयन्तीमा गरे नमन
मुख्यमन्त्री यादवले अमर क्रान्तिकारी अशफाक उल्ला खाँलाई जयन्तीमा गरे नमन


भाेपाल, 22 अक्टोबर (हि.स.)। माँ भारतीको स्वाधीनताको लागि अंग्रेजी शासनसित संघर्ष गर्दै आफ्नो प्राणको आहुती दिने महान स्वतन्त्रता सेनानी अशफाक उल्ला खानको आज बुधवार जयन्ती परेको छ। यस अवसरमा मुख्यमन्त्री डा. यादवले उनको वीरतलाई स्मरण गर्दै विनम्र नमन गरेका छन्।

मुख्यमन्त्री डा. यादवले साेशल मीडिया एक्समा पाेस्ट गर्दै आफ्नो सन्देशमा लेखे, स्वतन्त्रताको लागि जीवन समर्पित गर्ने अमर क्रान्तिकारी अशफाक उल्ला खाँजीको जयन्तीमा कोटी-कोटी नमन गर्दछु। ‘काकोरी ट्रेन एक्शन’- का नायकको त्याग, साहस र राष्ट्रप्रेमले भावी पिँढ़ीलाई सदैव देशसेवाको लागि प्रेरित गरिरहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande