मुख्यमन्त्रीले केन्द्रिय गृहमन्त्री अमित शाहलाई दिए जन्मदिनको शुभकामना
मुख्यमन्त्रीले केन्द्रिय गृहमन्त्री अमित शाहलाई दिए जन्मदिनको शुभकामना


गुवाहाटी, 22 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले केन्द्रिय गृहमन्त्री अमित शाहलाई जन्मदिनको हार्दिक शुभकामना दिए साथै उनको नेतृत्व, दृष्टि एवं संगठनात्मक कौशलको सराहना गरे।

मुख्यमन्त्रीले सोशल मीडियामा लेखे, “मेरो मार्गदर्शक र प्रेरणास्रोत जसले हरेक परिस्थितिमा हामीलाई अगाड़ि बढ़्ने बाटो देखाए, आदरणीय अमित शाहजीलाई जन्मदिनको हार्दिक शुभकामना।”

उनले भने, अमित शाहको सूक्ष्म दृष्टि औ संगठनात्मक दक्षताले उनलाई भारतका शीर्ष नेताहरूमा स्थापना गरेको छ।

मुख्यमन्त्रीले भने, “असमको हर विशेष परिस्थितिमा उनको मार्गदर्शन, सहयोग र समयमा उठाइएका कदमहरूले हामीलाई सदैव बल मिलेको छ।”

मुख्यमन्त्रीले अझ लेखे, “उनको जीवनको यस विशेष दिनमा म माँ कामाख्या र श्रीमन्त शंकरदेवसित प्रार्थना गर्दछु कि उनीहरूले सदैव उनलाई स्वस्थ राखुन् अनि माँ भारतीको सेवाको लागि ऊर्जा प्रदान गरुन्।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande