उत्तरकाशी, 22 अक्टोबर (हि.स.)। उत्तराखण्डको चारधामको कपाट बन्दहुने शुरूआत आजदेखि भयो। यसै कर्ममा आज सबैभन्दा पहिला गंगोत्री धामको कपाट बन्द हुनेेछ। गंगोत्री धामको कपाट अन्नकुट पर्वको अवसरमा बन्द गरिन्छ। आज बिहान 11.36 बजे गंगोत्री धामको कपाट बन्द भयो।
बुधवार प्रातः माँ गंगाको भोग मूर्तिको जलाभिषेक गरिएपछि माँ गंगाजीको श्रृङ्गार गरियो। त्यसपछि श्री पञ्च मन्दिर समितिका पुजारीहरूले वैदिक मन्त्र उच्चारण गरी माण गंगाको पूजा अर्चना गरी देश एवं प्रदेशकको खुशियालीको कामना गरियो।
पूजा अर्चना पूरा भएपछि माँ गंगालाई डोलीमा पारम्परिक ढंगमा सजाइयो। ठीक अभीजीत मुहूर्तमा 11:36 बजे गंगोत्री धामको शीतकालीन कपाटलाई देश-विदेशका श्रद्धालुहरूको लागि कपाट बन्द गरियो भने माँ गंगाको उत्साह डोली आफ्नो शीतकालीन प्रवास मुखवा तर्फ प्रस्थान भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा