जम्मू, 22 अक्टोबर (हि.स.)। जम्मू-श्रीनगर राष्ट्रिय राजमार्ग यातायातको लागि खोलिएको छ। स-साना वाहनहरूको लागि मार्ग दुवै तर्फ खोलिएको छ भने भारी वाहनहरूको लागि एकतर्फ मात्र जाने अनुमति दिइएको छ।
जानकारी अनुसार आज स-साना वाहनहरूलाई श्रीनगगरदेखि जम्मू अनि जम्मूदेखि श्रीनगर दुवैतिर प्रस्थान गराइँदैछ। तर ठूल्-ठूला वाहनहरूलाई भने जम्मूदेखि श्रीनगर तर्फ मात्र प्रस्थान गराइँदैछ।
यसबीच मुगल रोड पनि वाहनहरको आवागमनको लागि खोलिएको छ। मुगल रोडमा पनि स-साना वाहनहरूको लागि दुवैतिर अनि ठूल्ठूला वाहनहरूलाई शोपियादेखि पुँछ तर्फ प्रस्थान गराइँदैछ। तथापि एसएसजी रोडलाई अस्थायी रूपमा बन्द गरिएकोछ। एसएसजी मार्गमा मीना मार्ग तर्फ ताजा हिमपात भएको कारणले यसलाई बन्द गरिएको हो। सड़क रखरखाउ एजेन्सीबाट सिग्नल पाएपछि नै मार्गलाई यातायातको निम्ति खोलिनेछ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा