चाँदनी महल फायरिंग मामिलामा नाबालिक अपराधी पक्राउ
चाँदनी महल फायरिंग मामिलामा नाबालिक अपराधी पक्राउ


नयाँ दिल्ली, 22 अक्टोबर (हि.स.)। दिल्ली पुलिसको क्राइम ब्राञ्चले गए मंगलवार बिहान चाँदनी महल क्षेत्रमा भएको फायरिंग अनि हत्याको प्रयास मामिलालाई मात्र 24 घण्टाभित्रमा सुल्झाउँदै एक जना नाबालिक अपराधीलाई समातेको छ। उक्त अपराधी यसअघि पनि दुई वटा आपराधिक मामिलामा सामेल रहिसकेको छ। पुलिसले उसको कब्जाबाट एउटा पेस्तोल र दुई वटा जिउँदो कारतूस जफत गरेको छ।

क्राइम ब्राञ्चका पुलिस उपायुक्त विक्रम सिंहले बुधवार बताए, गए मंगलवार बिहान चाँदनी महल थाना क्षेत्रमा फायरिंगको घटना भएको थियो जसमा एकजना बुजुर्ग व्यक्तिलाई गोल दागिएको थियो। घटनापछि स्थानीय पुलिस बाहेक क्राइम ब्राञ्चलाई जाँचमा खटाइयो। पुलिस टीमले क्षेत्रका सीसीटीभी फुटेजको विश्लेषण गऱ्यो अनि तकनिकी निगरानीको माध्यमबाट आरोपी भागेको बाटो पत्तो लगायो। यसबीच सुराकीबाट प्राप्त सूचनाको आधारमा टीमले कमला मार्केट क्षेत्रको लाल क्वार्टर, प्रेस क्लब रोडमा धराप थापेर संदिग्ध युवकलाई समात्यो। जाँचबुझमा आरोपी नाबालिक रहेको थाहा लाग्यो।

पुलिस उपायुक्त अनुसार नाबालिगले जाँचबुझमा बतायो, उसले आफ्नो साथी समीर मालिकसित मिलेर समीरका हजुरबुवा शहाबुद्दीन (75)-माथि गोली चलाएको थियो। घटनापछि दुवै भागेका थिए। उनीहरू आफ्नो मूल थलो बिहार भाग्ने तयारीमा थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande