कोलकाता, 22 अक्टोबर (हि. स.)। कसबास्थित साउथ कोलकाता ल कलेज (न्यू कम्प्लेक्स) परिसरमा कथित रूपमा दुष्कर्मकी शिकार भएकी द्वितीय वर्षकी कानून छात्राले अब आफ्नो कलेज नै परिवर्तन गरेकी छन्। छात्राका पिताले बताए, उनकी छोरीले अब कलकत्ता विश्वविद्यालयसित सम्बद्ध अर्को कलेजमा प्रवेश लिसकेकी छन्।
उनले भनिन्, पछिल्लो सप्ताह उनको प्रवेशका सबै औपचारिकताहरू पूरा गरिसकिएको छ । छात्रा अब तिहारको अवकाशपछि आफ्नो नयाँ संस्थामा जानेछन्। सुरक्षा अनि गोपनीयताको कारणले नयाँ कलेजको नामलाई साझा गरिएको छैन।
कलकत्ता विश्वविद्यालयकी कार्यवाहक कुलपति सन्ता दत्ताले पनि छात्राको स्थानान्तरणको पुष्टि गर्दै भनिन्, छात्रालाई पढ़ाई जारी राख्नको लागि विश्वविद्यालयको पक्षबाट हरसम्भव सहयोग दिइनेछ। उनले भनिन्, मैले स्वयं ती छात्रासित भेट गरिसकेकी छु अनि उसलाई भरोसा दिलाएकी छु कि उसको पढ़ाईमा कुनै प्रकारको बाधा आउन दिइनेछैन।
यो मामिला गत 25 जूनको राती भएको हो जतिबेला कलेज परिवरमा छात्रासित दुष्कर्म भएको थियो। पछिल्लो सप्ताह अदालतले कलेजका एकजना सुरक्षाकर्मी पिनाकी ब्यनर्जीलाई जमानत दिएको छ। शुरूमा छात्राले उसलाई “लाचार गवाह” बताएकी थिई, तर पछि जाँच यो पत्तो लाग्यो कि घटना हुँदा उ गार्ड रूपमा उपस्थित थिएन र उसले केही गरेन जसले गर्दा उसलाई पनि अभियुक्त बनाइयो।
अन्य तीनजना अभियुक्त क्रमैले मनोजीत मिश्रा, जैब अहमद र प्रमित मुखर्जी अहिले पनि न्यायिक हिरासतमा छन्। यीमद्ये मनोजीत मिश्रा जो कलेजको पूर्व छात्रा र अनुबन्धित कर्मचारी थिए, मुख्य अभियुक्त हुन् भने जैब अहमद र प्रमित मुखर्जीमाथि अपराधमा सहयोग गरेको आरोप छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा