राष्ट्रपतिको हेलिकप्टर दुर्घटनाग्रस्त भएकोमा ममताले उनको सुस्वास्थ्यको कामना गरिन्
राष्ट्रपतिको हेलिकप्टर दुर्घटनाग्रस्त भएकोमा ममताले उनको सुस्वास्थ्यको कामना गरिन्


कोलकाता, 22 अक्टोबर (हि. स.)। केरल दौड़ाहमा गएकी भारतकी राष्ट्रपति द्रौपदी मुर्मु बुधवार बिहान एक दुर्घटनामा भाग्यले बचिन्। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले पनि घटनालाई लिएर प्रतिक्रिया व्यक्त गरेकी छन्। उनले एक्समा लेखिन्, “ईश्वरलाई धन्यवाद, हाम्रा राष्ट्रपति द्रौपदी मुर्मू आज बिहान केरल दौड़ाह अवधि एउटा ठूलो दुर्घटनाको शिकार हुनदेखि बचिन्। म उनको दीर्घ अनि स्वस्थ जीवनको कामना गर्दछु।”

दुर्घटना पथानमथिट्टा जिल्लास्थित प्रमादम स्टेडियमको हेलीप्याडमा भएको हो जहाँ राष्ट्रपतिको हेलिकप्टर उत्रिएको केही क्षण पश्चात तनिकी गड़बड़ीको कारणले हेलीप्याडको एउटा चक्का धस्कियो।

सूत्र अनुसार वायुसेनाको हेलिकप्टरको भार अधिक भएको कारण हेलीप्याडको एक भाग भत्किएर तल बस्यो। तथापि सौभाग्यले कुनै अप्रिय घटना घटेन जसले गर्दा राष्ट्रपति पूर्ण रूपमा सुरक्षित छन्। घटना भएको तत्कालै पुलिस अनि दमकल कर्मीहरूले तत्काल कारबाही गर्दै हेलीकप्टरलाई सुरक्षित स्थानमा पुऱ्याए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande