भाड़ाको कोठामा फाँसी लगाएर व्यक्तिले गऱ्यो आत्महत्या
भाड़ाको कोठामा फाँसी लगाएर व्यक्तिले गऱ्यो आत्महत्या


शिमला, 22 अक्टोबर (हि.स.)। जिल्ला शिमलाको कोटखाई थाना अन्तर्गत गुम्मा प्रगतिनगर क्षेत्रमा एकजना व्यक्तिले आफ्नो भाड़ाको घरमा फाँसी लगाएर आत्महत्या गऱ्यो। घटनाको सूचना राती लगभग 9 बजेर 55 मिनटमा थाना कोटखाई पुलिसलाई प्राप्त भयो। मृतकको पहिचान केवल राम (46), पुत्र पनीरया राम, निवासी गाउँ टिककरी, डाकघर जैस, खण्ड ठियोगको रूपमा भएको छ।

पुलिस अनुसार केवल राम गुम्मा प्रगतिनगरमा बस्थे। तिनले आफ्नो कोठामा फाँसी लगाएर जीवन लीला समाप्त गरे। सूचना पाउनसाथ थाना कोटखाई पुलिसको टीम घटनास्थलमा पुग्यो अनि शवलाई कब्जामा लिएर जाँच शुरू गऱ्यो। घटनास्थलबाट सुसाइड नोट भेटिएन।

प्रारम्भिक जाँचमा यो बुझिएको छ, केवल राम पछिल्लो केही समयदेखिको मानसिक तनाउमा थिए, सम्भवतः यसै कारणले उसले यो कदम उठाएको हनसक्छ। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। डीएसपी ठियोग सिद्धार्थ शर्माले बताए, पुलिसले यस मामिलामा धारा 194 भारतीय न्याय संहिता अन्तर्गत कारबाही गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande