मिरिक, 22 अक्टोबर (हि.स.)। मिरिकको पुटुङस्थित नोल डाँडामा गाडी दुर्घटनाग्रस्त हुँदा तीनजनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्। मिरिकदेखि काँकरीभिट्टा दैनिक चल्ने एउटा सवारी साधन नोलाडाँडामा भिरबाट तल खस्दा तीनजनाको घटनास्थलमा नै मृत्यु भयो भने धेरै घाइते भएको जानकारी प्राप्त भएको छ।
गत 4 अक्टोबरको राति दुधेमा बालासन खोलाको पुल भत्किएपछि मिरिकदेखि सिलगढी जाने गाडीहरु पुटुङ भएर कुदिरहेका छन्। यसै क्रममा आज मिरिकबाट काकरभिट्टा गइरहेको गाडी दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा मृत्यु भयो। घाइतेहरुलाई मिरिक खण्ड स्वास्थ्य केन्द्रमा उपचारको लागि लगिएको जानकारी प्राप्त भएको छ।
हिन्दुस्थान समाचार / हनोक