दिल्लीमा भव्य छठ पूजाको तयारी पूर्ण, भाजपाले पूरा गऱ्यो अर्को चुनावी संकल्पः वीरेन्द्र सचदेवा
दिल्लीमा भव्य छठ पूजाको तयारी पूर्ण, भाजपाले पूरा गऱ्यो अर्को चुनावी संकल्पः वीरेन्द्र सचदेवा


नयाँ दिल्ली, 22 अक्टोबर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) -का दिल्ली प्रदेश अध्यक्ष वीरेन्द्र सचदेवाले बुधवार घोषणा गरे, दिल्लीको रेखा सरकारले भाजपाको अर्को महत्वपूर्ण चुनावी संकल्पलाई पूरा गरेर देखाएको छ। यस वर्ष छठ पूजाको लागि यमुना तट सहित राजधानीका 1500 वटा घाटहरूमा भव्य आयोजनको तयारी भइरहेको छ।

वीरेन्द्र सचदेवाले पत्रकार वार्तामा बताए, छठ पूजाको लागि 23 वटा विशाल प्राकृतिक घाट यमुना तटमा विकसित गरिएको छ भने लगभग 1300 कृत्रिम घाट तयार गरिँदैछ। जनताको मागमा लगभग 200 अन्य स्थानहरूमा पनि कृतिम घाटहरू तयार गर्नको लागि चिन्हित गरिएको छ।

उनले भने, जे भनेको थियो, त्यो पूरा गरेको छ। भाजपाको सरकार गठन भएपछि छठ पूजा जस्तो सांस्कृतिक एवं धार्मिक पर्वहरूलाई पूर्ण श्रद्धा अनि भव्य रूपमा मनाउनको लागि हरसम्भव प्रयास गरिँदैछ।

वीरेन्द्र सचदेवाले आम आदमी पार्टी (आआपा)-लाई लक्षित गर्दै भने, गत वर्ष हामीले छठ पूजापूर्व यमुनाको फोहोर अवस्था अनि पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालको निष्क्रियतालाई उजागार गरेका थियौं। छठ मैयाको कृपा र जनताको आशीर्वादले आज दिल्लीमा भाजपाको सरकार छ।

उनले यो पनि भने, दिल्लीको भाजपा सरकारले आआपाद्वारा यमुना तटमा पूजा गर्नदेखि लगाइएको कथित प्रतिबन्धको वास्तविकतालाई उजागार गऱ्यो। वर्षौंदेखि भाजपा कार्यकर्ताहरूद्वारा उठाइएको मागलाई साकार पारेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande