पूर्वी सिंहभूम, 22 अक्टोबर (हि.स.)। सीतारामडेरा थाना क्षेत्रमा नौ वर्षीय बालिकासित दुष्कर्म गरेको मामिला प्रकाशमा आएको छ। आरोपी सञ्जय कुमार सिंह (55) जो घीघीडीह जेलमा कक्षपालको पदमा कार्यरत छन्,-ले फकाई-फुस्लाई अबोल बालिकालाई तीन तले भवनको छतमा लगेर दुष्कर्म गऱ्यो।
मामिलाको खुलासा त्यसबेला भयो जतिबेला गए मंगलवार साँझ बालिकाको व्यवहारमा परिवर्तन देखेर परिवारलाई शंका लाग्यो। उनीहरूले वरपरका सीसीटीभी क्यामराको फुटेज जाँच गराए जसमा आरोपीलाई भालुबासा चौक नजिक एउटा पसल अगाड़िबाट बालिकालाई लिएर गइरहेको देखियो। फुटेज देखेपछि आक्रोशित परिवारका सदस्यहरू अनि स्थानीय मानिसहरूले आरोपीको घरमा पुगेर आरोपीलाई समाते। भीड़ले आरोपलाई मरूञ्जेल कुट्यो। बीचमा बचाउन आएकी उसको पत्नीलाई पनि आक्रोशको सामना गर्नुपऱ्यो।
सूचना पाउनसाथ घटनास्थलमा पुगेको पुलिसले भीड़लाई नियन्त्रण गऱ्यो। मानिसहरूले पुलिस जीपमा ढुङ्गामुड़ा साथै धक्का-मुक्का गरे। लामो विवादपछि पुलिसले आरोपी दम्पत्तिलाई सुरक्षित थानामा ल्याएर स्थितिलाई नियन्त्रण गऱ्यो।
पुलिसले पीड़ित बालिकाको परिवारको लिखित सिकायतमा आरोपी विरूद्ध मुद्दा दर्ता गरी उसलाई पक्राउ गरेको छ। बुधवार एमजीएम अस्पतालमा पीड़िताको मेडिकल जाँच गराइँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा