जलपाईगुड़ी, 22 अक्टोबर (हि. स)। गाजोलडोबाको टाकीमारीमा खुट्टी पूजासितै रास मेला, उत्तर बंगाल लोक संस्कृति एवं बाउल उत्सवो तयारी शुरू गरिएको छ। बुधवार राजगञ्जका विधायक खगेश्वर रायको उपस्थितिमा खुट्टी पूजा सम्पन्न गरियो।
राजगञ्ज ब्लकको मन्तादारी ग्राम पञ्चायत अन्तर्गत टाकीमारीमा नव मिलन युवा संघको नेतृत्वमा यस वर्ष 27औं वार्षिक रास उत्सवको आयोजन गरिएको छ। यो मेला आगामी 5 नोभेम्बरदेखि शुरू भएर 11 नोभेम्बरसम्म रहनेछ।
मेला कमिटाका सदस्यहरूले बताए, सात दिवसीय रास मेला, उत्तर बंगाल लोक संस्कृति तथा बाउल उत्सवको आयोजन गरिँदैछ जहाँं राज्यभरिका विभिन्न बाउल कलाकारहरूले प्रदर्शन गर्नेछन्। आशा छ, यस मेलामा प्रतिदिन लाखौं मानिसहरू जुट्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा