दिघा, 22 अक्टोबर (हि.स.)। पूर्व मेदिनीपुर जिल्लाको दिघामा डा. श्यामा प्रसाद मुखर्जी व्यापारी समितिको तत्वावधानमा भव्य सनातन धर्मसभा औ सेवा कार्यक्रमको आयोजन गरियो। श्रीश्री श्यामा पूजाको उपलक्ष्यमा आयोजित यस धार्मिक आयोजनमा प्रदेशभरिका अनेकौं मठ-मन्दिरहरूबाट साधु-सन्त, सामाजिक कार्यकर्ता अनि श्रद्धालहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो।
यस अवसरमा उपस्थित राज्यका नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले आफ्नो सम्बोधनमा धर्म र संस्कृतिको रक्षाको लागि एकजुट हुने आह्वान गरे। उनले भने, “यो समय सनातन संस्कृति औ परम्पराहरूको रक्षा गर्ने समय हो। हामी आफ्नो धर्म र देशको अस्मिताको लागि संगठित हुनुपर्छ। यही नै हाम्रा पूर्खाहरूको शिक्षा अनि हाम्रो पहिचान हो।”
यस अवधि वक्ताहरूले सनातन जीवनदर्शन, समाज सेवा तथा सांस्कृतिक एकतामाथि पनि आफ्नो विचार राखे। श्रद्धालुहरूले भजन, भरती अनि दीप प्रज्जवलनको माध्यमबाट माँ कालीको आराधना गरे।
समितिका अध्यक्ष तपन माइती र सचिव भावेन्ले बताए, यस आयोजनको उदेश्य पूजा मात्र होइन, समाजमा धार्मिक एकता, सेवा र सांस्कृतिक चेतनाको प्रसार गर्नु पनि हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा