बुलेट सवार तीन मित्रको सड़क दुर्घटनामा मृत्यु
बुलेट सवार तीन मित्रको सड़क दुर्घटनामा मृत्यु


नयाँ दिल्ली, 22 अक्टोबर (हि.स.)। बाहिरी उत्तरी जिल्लाको स्वरूप नगर क्षेत्रमा गए राति सड़क दुर्घटनामा परी तीनजना साथीहरूको मृत्यु भयो। तीनै युवकहरू गए मंगलवार अबेर राति हरियाणाको मुरथलमा खाना खाएर फर्किरहेका थिए। यस अवधि उनीहरूको बुलेट बाइक लिबासपुर फ्लाइओभरमा जर्सी बैरियरसित ठोक्कियो। दुर्घटनामा तीनै जनाको घटनास्थलमै मृत्यु भयो।

पुलिस मुताविक गए मंगंलवार राती लगभग 1.33 बजे पुलिसलाई जीटी रोडस्थित लिबासपुर फ्लाइओभरमा सड़क दुर्घटना भएको सूचना प्राप्त भयो। घटनास्थलमा पुगेको पुलिस टीमले सड़कमा एउटा क्षतिग्रस्त बुलेट बाइकलाई देख्यो भने नजिकै तीन जना युवकहरू गम्भीर घाइते अवस्थामा लड़िरहेका थिए। पुलिसले तत्कालै घाइतेहरूलाई अस्पतालमा पुऱ्यायो जहाँ डाक्टरहरूले तिनीहरूलाई मृत घोषित गरिदिए।

मृतकहरूको पहिचान सुमित (27), मोहित (26) र अनुराग (23)- को रूपमा भएको छ। तीनैजना नांगलोई निवासी थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande