कोलकाता, 22 अक्टोबर (हि. स.)। बुधवार बिहान शहरको विद्यासागर सेतुमा एक यात्री बसमा अचानक आगो लाग्यो। हेर्दा-हेर्दै आगोले भयानक रूप लियो अनि सम्पूर्ण वाहनलाई आफ्नो चपेटमा लियो। तथापि समय छँदै सबै यात्रीहरूलाई बसबाट उतारियो जसले गर्दा ठूलो दुर्घटना हुनदेखि बच्यो। तर यस घटनामा कुनै प्रकारको मानव क्षति भएन।
जानकारी अनुसार बिहान लगभग 7 बजे दोस्रो हावड़ा (विद्यासागर) सेतुको एप्रोच रोडमा एउटा निजी बसमा अचानक आगो लाग्यो। केही मिनटमै आगो द्रूत गतिमा फैलिएर सम्पूर्ण बसलाई नै चपेटमा लियो। घटनाको सूचना पाएर घटनास्थलमा पुगेको हेस्टिंग्स थानाको पुलिसले यात्री, चालक तथा कण्डक्टरलाई सुरक्षित बाहिर निकाले।
दमकल विभागका दुई वटा वाहनहरू तत्कालै घटनास्थलमा पुगे अनि लगभग 35 मिनटको परिश्रमपछि आगोलाई पूर्ण रूपले नियन्त्रण गऱ्यो।
प्रारम्भिक जाँचमा दमकल कर्मीहरूले अनुमान व्यक्त गरेका छन्, बसमा आगो लाग्नुको प्रमुख कारण इलेक्ट्रिकल शर्ट सर्किट हुनसक्छ। घटनाको कारणले 45 मिनटसम्म हावड़ादेखि कोलकाता तर्फ जाने यातायात बाधित रह्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा