गुवाहाटी, 22 सेप्टेम्बर (हि.स.)। गुवाहाटीको दिसपुर थाना क्षेत्रमा पुलिसको एक टीमले अभियान चलाएर जुवा खेल आयोजन गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
पुलिसले बुधवार बतायो, गुप्त सूचनाको आधारमा दिसपुर थाना क्षेत्रको भगदत्तपुर पुलिस आउटपोस्टको टीमले अभियान चलाएर ज्योतिश्री नगर र बस स्ट्याण्ड क्षेत्रबाट जुवा खेल आयोजन गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्रा परेका आरोपीहरूको पहिचान योगेश्वर तालुकदार (54) र बाबू शर्मा (40) को रूपमा गरियो।
पक्रा परेका आरोपीहरूदेखि झण्डी मुन्डी खेलको निम्ति व्यवहार गरिने विभिन्न सामग्री बाहेक नगदी रूपियाँ पनि जफत गरिएको छ। पुलिसले यस सम्बन्धमा गैंबलिंग एक्ट अन्तर्गत एक प्राथमिकी दर्ता गरी पक्रा परेका आरोपीहरूसित सघन सोधपुछ गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी