आमाले नाबालिग छोरालाई विषालु पदार्थ खुवाएपछि आफूले पनि खाइन् विष
आमाले नाबालिग छोरालाई विषालु पदार्थ खुवाएपछि आफूले पनि खाइन् विष


शाहजहांपुर, 22 अक्टोबर (हि.स.)। उत्तर प्रदेशको जिल्ला शाहजहांपुरमा बन्डा थाना क्षेत्रमा गए राति मंगलवार एक महिलाले नाबालिग छोरालाई विषालु पदार्थ खुवाएपछि आफैले पनि उक्त पदार्थ खाइन्, जसबाट आमा-छोराको मृत्यु भयो। अपर पुलिस अधीक्षक ग्रामीणले घटनास्थलको जायजा लिएर घटनाको जानकारी लिए। पुलिसले शवलाई पोस्टमार्टमको निम्ति पठाउँदै जाँच अग्रिम कारबाही गरिरहेको छ।

अपर पुलिस अधीक्षक ग्रामीण भंवरे दीक्षा अरुणले बुधवार बताए, बन्डा थाना क्षेत्रको गाउँ नारायणपुर गंगा निवासी आरती (32) ले मंगलवार राति आफ्नो नाबालिग छोरा प्रतीक (9) लाई विषालु पदार्थ खुवाएपछि आफैलेपनि खाइन्। अस्वस्थ भएपछि परिजनहरूले आमा-छोरालाई अस्पतालमा भर्ती गराए, जहाँ उपचार भइरहेको बेला दुवैको मृत्यु भयो। बन्डा पुलिसले आज बिहान जानकारी पाएपछि घटनास्थलमा पुगेर आमा-छोराको शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति पठाएको छ।

एएसपी ग्रामीणले बताए, मृतक महिलाका परिजनलाई घटनाको सूचना दिइएको छ। पुलिसले मामिलाको गहनताले जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande