मुख्यमन्त्रीले केन्द्रिय गृहमन्त्रीलाई जन्मदिनको बधाई दिए
मुख्यमन्त्रीले केन्द्रिय गृहमन्त्रीलाई जन्मदिनको बधाई दिए


गान्तोक, 22 अक्टोबर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले केन्द्रिय गृहमन्त्री अमित शाहलाई जन्मदिनको शुभकामना दिएका छन्। उनले केन्द्रिय गृहमन्त्रीको सुस्वास्थ्य र खुशीको कामना गरेका छन्।

मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा लेखे, 'माननीय केन्द्रिय गृहमन्त्री श्री @अमित शाहजीलाई जन्मदिनको हार्दिक शुभकामना। उहॉं एक दूरदर्शी राजनेता हुनुहुन्छ जसको अथक समर्पण र दृढ़ नेतृत्वले भारतको विकासमा अभूतपूर्व योगदान पुऱ्याएको छ। भगवानले तपाईलाई उत्तम स्वास्थ्य, खुशी र सोही उत्साह र प्रतिबद्धताका साथ राष्ट्रको सेवा गर्ने निरन्तर शक्ति प्रदान गरुन्।'

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande