
कोलकाता, 23 अक्टोबर (हि.स.)। पश्चिम बंगालमा कोलकाता पुलिसले दक्षिणेश्वर मेट्रो स्टेशनमा एकजना महिलासित दुर्व्यवहार गरेको मामिलामा एक जना आरोपीलाई पक्राउ गरेको छ। ब्यारकपुर पुलिस आयुक्तालयका एक जना अधिकारीले बिहीवार बताए, गत 21 अक्टोबरको साँझ दक्षिणेश्वर मेट्रो स्टेशन नजिकको गल्ली भएर गुज्रिरहेको बेला महिलालाई बाटो छेकेर आरोपीले दुर्व्यवहार गऱ्यो।
पीड़िताले तत्कालै थानामा सिकायत दर्ता गराइन् र सोही सिकायतको आधारमा पुलिसले जाँच शुरू गऱ्यो। उनले बताए, गए बुधवार साँझ दक्षिणेश्वर क्षेत्रबाट आरोपीलाई पक्रााउ गरिएको छ। आरोपीसित जाँचबुझ जारी छ। चाँड़ै नै उसलाईअदालतमा पेश गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा