सम्भलमा बाइक आगोको गोलामा परिणत भयो
सम्भलमा बाइक आगोको गोलामा परिणत भयो


-विस्फोट हुने डरले मानिसहरूमा मचियो कोकोहोलो, पेट्रोल लगाएपछि शर्ट सर्किट भयो

सम्भल, 23 अक्टोबर (हि.स.)। उत्तर प्रदेशको सम्भलस्थित हयातनगर थाना क्षेत्रमा बहजोई रोडस्थित एक पेट्रोल पम्पमा तेल लगाएपछि एउटा बाइकमा शर्ट सर्किट भयो जसले गर्दा उक्त बाइकमा भयानक आगो लाग्यो। आगो देखेर पेट्रोल पम्पमा उपस्थित मानिसहरू अनि बाटो हिँड़ने मानिसहरूमा कोकोहोलो मचियो। विस्फोट हुने भले मानिसहरू भाग्न थाले।

घटना सरायतरिन पुलिस चौकी क्षेत्रस्थित टो शाहजीपुरा निवासी शुभम पुत्र हरद्वारीको प्याशन प्रो बाइकमा भएको हो। पेट्रोल लगाएपछि शुभम घरतिर प्रस्थान गर्न थाले, अचानक बाइक बन्द भयो। फेरि स्टार्ट गर्दा त्यसमा धुँवा निक्लियो। शुभम पानीको बाल्टी ल्याउन दौड़िए, तर त्यसबेलासम्ममा सम्पूर्ण बाइकलाई आगोले आफ्नो चपेटमा लिसकेको थियो। हेर्दा-हेर्दा बाइक पूर्ण रूपले जलेर खरानी भयो। घटनास्थलदेखि थानाको दूरत्व मात्र 200 मीटर छ। सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो। मानिसहरूले निजी संसाधनहरूको सहयोगले आगोलाई निभाए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande