रक्तदनलाई बनाए जन्मदिनको पर्व, रिषड़ाका सनीले गरे 70औं रक्तदान
रक्तदनलाई बनाए जन्मदिनको पर्व, रिषड़ाका सनीले गरे 70औं रक्तदान


हुगली, 23 अक्टोबर (हि.स.)। जिल्लाको रिषड़ा निवासी सनी सिंहले बिहीवार आफ्नो 40औं जन्मदिनलाई अनौठो ढंगमा मनाए। उनले पटनाको गान्धी मैदानस्थित रेड क्रस सोसाइटीमा आफ्नो 70औं रक्तदान गरे।

उल्लेखनीय छ, सनी सिंहले अहिलेसम्ममा 13 वटा राज्यका 23 वटा जिल्लाहरूमा रक्दान गरिरसकेका छन् भने आफ्नो यस मानवीय कार्यको लागि उनलाई आठ वटा राज्यहरूमा “रक्तवीर सम्मान”- द्वारा सम्मानित गरिसकिएको छ।

सनीको भनाइ छ, जन्मदिन केवल खुशी मनाउनुको लागि होइन , समाजको लागि केही गर्ने दिन पनि हो। यदि हाम्रो रगतले कसैको ज्यान बच्छ भने योभन्दा ठूलो उत्सव केही होइन।

उनको यस प्रेरणादायक कदमले युवाहरूमाझ नयाँ उदाहरण कायम गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande