
भागलपुर, 23 अक्टोबर (हि.स.)। बिहार विधानसभा आम निर्वाचन अन्तर्गत भागलपुरमा स्वतन्त्र, निष्पक्ष एवं शान्तिपूर्ण वातावरणमा चुनाउ सम्पन्न गराउनको निम्ति जिल्ला निर्वाचन पदाधिकारी अर्थात जिल्लाधिकारी डाक्टर नवल किशोर चौधरीले बिहीवार 154-पिरपैंतीका सामान्य प्रेक्षक आर लीली, 155- कहलगाउँको सामान्य प्रेक्षक पंकज, 156- भागलपुरका सामान्य प्रेक्षक अनिल मेशराम, 158- नाथनगरका सामान्य प्रेक्षक अबू तायंग सहित राजकीय पोलिटेक्निक बरारीमा स्थापित संग्रहण केन्द्र अर्थात वज्रगृहको निरीक्षण गरे। उनले अलग-अलग विधानसभा क्षेत्रको लागि बनाइएको वज्रगृहका कोठाहरूलाई देखाउँदै भने, ईभीएम राखिनेछ, कहाँ-कहाँ मतदान हुनेछ, कहाँ निर्वाची अधिकारी र प्रेक्षक बस्नेछन् त्यहाँको रिसीभिंग सेन्टर तथा वाहनहरूको लागि वाहन पार्किंग स्थलको सम्बन्धमा पनि अवगत गराए। उनले भने, वज्रगृहमा सीसीटीभी क्यामरा जड़ान गरिनको साथै सीआरपीएफका जवानहरूले 24 घण्टै निगरानी राख्नेछन्। यस अवसरमा नगर आयुक्त शुभम कुमार, सहायक समाहर्ता जतिन कुमार, वज्रगृह कोषांगका नोडल पदाधिकारी सह वरीय कोषागार पदाधिकारी देवेन्द्र प्रसाद, अप्परर समाहर्ता सह निर्वाची पदाधिकारी नाथनगर दिनेश राम, अनुमण्डल पदाधिकारी सदर सह निर्वाची पदाधिकारी भागलपुर विकास कुमार, अनुमण्डल पदाधिकारी कहलगाउँ सह निर्वाची पदाधिकारी कहलगाउँ अशोक कुमार मण्डल, डीसीएलआर पिरपैंती सह निर्वाची पदाधिकारी पिरपैंती मो सरफराज आलम, कार्यपालक अभियन्ता भवन प्ण्मंडल एवं अन्य सम्बन्धित पदाधिकारी उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा