हवाईअड्डाको सोलर प्लान्टमा आगलागी
हवाईअड्डाको सोलर प्लान्टमा आगलागी


-हवाईअड्डाको सोलर प्लान्टमा लाग्यो आगो

दुमका, 23 अक्टोबर (हि.स.)। एयरपोर्टको सोलर प्लान्टमा बिहीवार बिहान 9 बजे शर्ट सर्किटको कारणले आगो लाग्यो। यस आगलागीमा 2-3 लाख रुपियाँको नोक्सान भएको छ। सूचना पाउनसाथ दमकलका दुईवटा वाहन घटनास्थलमा पुग्यो अनि कड़ा परिश्रम गरेर आगोलाई निभायो।

भनिन्छ, हवाईअड्डा परिसरमा उज्यालो बनाउनको लागि सोरल प्लान्ट जड़ान गरिएको छ। बिहान 9 बजे अचानक उक्त प्लान्टको मुख्य केबिनमा आगो लाग्यो अनि बिस्तारै आगो फैलिएर सोलर प्यानलसम्म पुग्यो। आगो देखेर एयरपोर्टका अधिकारीहरूले नगर थाना पुलिस र दमकललाई सूचित गरे। सूचना पाउनसाथ दमकलका दुईवटा वाहन घटनास्थलमा पुग्यो अनि एक घण्टाभित्रमा आगोलाई निभायो। एयरपोर्ट कर्मीहरूको भनाइ छ, यदि आगोलाई समयमै नियन्त्रण गरिएको भए एयरपोर्टको ह्यांगरमा झुण्डिएका छः वटा वाहनहरूमा आगो लाग्नसक्थ्यो। तर आगो लाग्नसाथ कर्मचारीहरूले सबै प्लेनलाई सुरक्षित बाहिर निकालिसकेका थिए। शर्ट सर्किटको कारणले यो दुर्घटना भएको बताइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande