जोगेश्वरीको जेएमएस बिजनेस पार्कको भवनमा आगलागी, 6 जना घाइते
जोगेश्वरीको जेएमएस बिजनेस पार्कको भवनमा आगलागी, 6 जना घाइते


मुम्बई, 23 अक्टोबर (हि.स.)। महाराष्ट्रको मुम्बईस्थित जोगेश्वरीको जेएमएस बिजनेस पार्कको एक भवनमा बिहीवार अपरान्ह अचानक आगो लाग्यो जसमा छःजना मानिसहरू घाइते भए। सबै घाइतेहरूलाई जोगेश्वरीस्थित

ट्रामा सेन्ट्रमा भर्ती गरिएको छ।

आगलागीको सुचना पाउनसाथ फायर ब्रिगेडको टीमले घटनास्थलमा पुगेर आगोलाई नियन्त्रण गऱ्यो। घटनास्थलमा हाल कुलिंगको कार्य भइरहेको छ। यस मामिलाको जाँंच ओशिवरा पुलिस स्टेशनको टीमले गरिरहेको छ। फायर ब्रिगेडका अधिकारीले बताए, आज अपरान्ह जेएमएस बिजनेस पार्क भवनको सातै तलामा अचानक आगो लागेको थियो। बिस्तारै आगोले आठौं र नवौं तलालालाई पनि आफ्नो चपेटमा लियो।

जानकरी पाउनसाथ घटनास्थलमा पुगेको फायर ब्रिगेडको टीममले भवनभित्र फसेका 17 जना मानिसहरूलाई सुरक्षित बचायो भने छःजना घाइते भएका छन्। पुलिसले घटनाको अग्रिम जाँच गरिरहेको छ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande